बागमतीका मुख्यमन्त्री जमकट्टेलसहित दुई मन्त्रीले लिए शपथ

काठमाडाैँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनलाई प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे शपथ खुवाएका हुन् ।

मुख्यमन्त्रीले शपथ लिएलगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गरेर टुङ्ग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जन्ती बस दुर्घटना हुँदा धनुषामा १५ जना घाइते

काठमाडौं । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती …

प्रतिकृया दिनुहॊस