लोसपाले पनि प्रचण्डलाई मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । लोसपाले प्रतिनिधिसभामा आज हुने मत विभाजनमा विश्वासको मतका पक्षमा मत जाहेर गर्ने निर्णय भएको हो ।

प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् । सरकार निर्माणको छलफलमा सहभागी नभएको लोसपाले पनि सरकारलाई विश्वासको मत दिने निर्णयगरेसँगै ‘प्रचण्ड’लाई झण्डै दुई तिहाइ मत मिल्ने देखिएको छ ।

यसअघि प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा सहभागी नभएको एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने संकेत गरेको छ । यसले अहिले छलफल जारी राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ …

प्रतिकृया दिनुहॊस