काठमाडौं । खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ। हुस्सु र कुहिरोका कारण देभरको हवाई सेवा अवरूद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ। हुस्सु कुहिरोकै कारण भिजिभिलिटी कम भएकाले कुनै पनि आन्तरिक उडान भएका छैनन्। आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान भने भइरहेको विमानस्थल जनाएको छ।
विमानस्थल कार्यालयका अनुसार क्रमिम रूपमा मौसम खुलिरहेकाले उडानहरू केही समयपछि सुरू हुने क्रममा रहेको छ।
तपाईंको प्रतिकृया




