मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र गुरु ट्राभल्स लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले गुरु ट्राभल्स लिमिटेडमा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस