सगरमाथा इन्स्योरेन्सद्वारा धानबाली बीमाको क्षतिपूर्तिबापत ३१ जना किसानलाई दाबी भुक्तानी

काठमाडौँ / सगरमाथिा इन्स्योरेन्स कम्पनी लिमिटेडले मौसममा आधारित धानबाली बीमाको क्षतिपूर्ति वापत ३१ जना किसानलाई बीमा दावी भुक्तानी गरेको छ । सगरमाथा इन्स्योरेन्सका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले पुस १० गते एक कार्यक्रमकाबीच कैलाली जिल्लास्थित भजनी नगरपालिकाका ३१ जना किसानहरूलाई क्षतिपूर्ति वापतको सो रकम दावी भुक्तानी गरेका हुन् ।परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रूपमा जारी गरिएको ‘बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा’मा आधारित धानबालीको बीमा गरेको थियो ।सोही बमोजिम कम्पनीले कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समूहहरूका १०० जना कृषकहरूको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित ‘भूमी अनुसन्धान तथा नीति संवादका लागि सहकार्य” तथा ‘युएसआइडी तयार नेपाल’ को इम्प्रुभ डिजास्टर रिस्क म्यानेजमेन्ट प्रोजेक्ट, अन्तर्गतको आर्थिक सहयोगमा सञ्चालित परियोजना “Testing the Feasibility of Index-Based Agriculture Insurance against Water-Induced Disasters in Nepal” अन्तर्गत कैलाली जिल्लाका कृषकहरूको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।सोही बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेको किसानहरूलाई बीमा दावी भुक्तानी गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस