महुली लघुवित्तले एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त

काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले चार लाख सोह्र हजार एक सय सत्चालीस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्यसहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको हो ।

यसका लागि कम्पनीले सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यका लागि महुलीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठलेसम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री