काठमाडौँ । एनएमबी बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वनिगा लाउन्जबीच एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनएमबीका ग्राहकले लाउन्जका सेवामा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरे । विद्युतीय भुक्तानीलाई प्रेरित गर्ने उद्देश्यले यो छुटसम्बन्धी सम्झौता गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




