काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेकोछ ।
अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरु मध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो ।
कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो ।
आमन्त्रित निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मजा लिएका थिए ।

तपाईंको प्रतिकृया




