नेपालले पुस महिनासम्ममा भारतलाई बेच्यो ११ अर्ब १६ करोडको बिजुली

काठमाडौं – सुख्खा मौसम शुरु गएर नदीहरुमा जल सहत घट्न थालेपछि नेपालले भारततर्फ बिजुली निर्यात रोकेर आयात थालेको छ । चिसो बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत शहरमा विद्युत् माग बढ्नु र नदीमा पानीको बहाव घट्न थालेपछि निर्यात रोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम हुन थालेपछि विद्युत् निर्यात बन्द गरी आयात थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँद यामका करिब चार महिना विद्युत् माग धान्न भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

घिसिङले वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाबाट फेरि विद्युत् निर्यात शुरु हुने बताए । ‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत् आयात सुरु भएको छ, आयात करिब ४ महिनासम्म रहने प्रक्षेपण छ, तर आयात परिमाण निर्यात भन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । यस वर्षबाट निर्यात बढी र आयात कम हुने उनले बताए ।

यस वर्ष जेठ १९ देखि पुस ३ गतेसम्म भारतलाई बिजुली बेचेर नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् निर्यात गरी साढे ६ महिनामा सो रकम आम्दानी भएको हो । प्रााधिकरणले जेठ १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् विद्युत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस