एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।

साधारण सभाले शेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले अधिकृत पूँजी रु. १००० करोडबाट बृद्धि गरि रु. १५०० करोड गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

बैंकले ७ प्रतिशत कन्भर्टिबल प्रिफरेन्स सेयर अन्तिम पटक साधरण सेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी बृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

बैंकको साधारणसभाले आब २०७९/८० को लागि श्री एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस