सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाडाैं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोला बहादुर विष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार आगामी पुस १ देखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्नेछैन।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो।

सिभिल बैंकको साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए।

हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरी करिब ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस