विनोद चौधरीले खरिद गरे श्रीलंकाको आठौँ ठूलो बैंक

काठमाडाैं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटले ग्रस्त श्रीलंकामा आठौँ सबैभन्दा ठूलो बैंक खरिद गरेका छन् ।

यसभन्दा अगाडि उनले सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँगको संयुक्त उपक्रम (जेभी) मा चर्चित ताज समुद्र कोलम्बोमा चौधरीले महत्वपूर्ण लगानी गरेका थिए ।

नेपालको चौधरी ग्रुपले सीजी क्यापिटल पार्टनर्सको माध्यमबाट युनियन बैंक (यूबीसी)मा ७०.८४ प्रतिशत सेयर खरिद गरेको हो । सिंगापुरमा एक निजी इक्विटी कम्पनी सीजी कर्प पनि यो खरिदमा सहभागी भएको बताइएको छ । यो नौ अर्ब १० करोड श्रीलंकाली रुपैयाँबराबरको लगानी हो ।

नेपाली अर्बपति विनोद चौधरीका अनुसार यो समय श्रीलंका कठिन समयबाट गुज्रिरहेको छ र आईएमएफको माध्यमबाट विदेशी लगानी जुटाउन संघर्ष गरिरहेको छ ।

सीजी नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । चौधरीले यसअघि श्रीलंकाको हस्पिटालिटी क्षेत्रमा लगानी गरिसकेको छ । जसको अहिले छ देशमा ११ सम्पत्तिमा आईएचसीएलसँग साझेदारी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री