अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौं – नोबेल पुरस्कार सप्ताह २०२२ को अन्तिम दिन अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस वर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार बैंकिङ क्षेत्रका विज्ञ तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।

यी हुन् – बेन बर्नाके, डगलस डायमन्ड र फिलिप डिभिग । तीनै जनाले आर्थिक मन्दीको युगमा बैंकिङ क्षेत्रको सुधारका लागि अनुसन्धान गरेका थिए र मानवतालाई बचाउने राम्रा उपाय सुझाएका थिए । तीनै विज्ञ अमेरिकाका हुन् ।

यस अघि यस बर्षको नोबेल शान्ति पुरस्कार नोबेल पुरस्कार समितिले बेलारुसका मानवाधिकारवादी एलेस बिअलिआत्स्की, रसियाको मानवाधिकारवादी संस्था मेमोरियल र युक्रेनको मावनअधिकारवादी संस्था सेन्टर फर सिभोल लिबेर्टिजलाई दिएको थियो ।

त्यस्तै यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नेक्सलाई दिइएको थियो भने रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीकी क्यारोलिन बर्टोजी, युनिभर्सिटी अफ कोपेनहेगन (डेनमार्क) का मोर्टेन मिल्डाल र स्क्रिप्स रिसर्च सेन्टर अमेरिकाका केके ब्यारी शार्पलेसलाई दिइएको थियो ।

त्यस्तै २०२२ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक एलेन एस्पेक्ट, अमेरिकाका जोन एफ क्लाउजर र अस्ट्रियाका एन्टोन गेलिङ्गरलाई दिइएको थियो । त्यस्तै यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्ते पाबोलाई प्रदान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस