काठमाडौं । भिभो नेपालले चाडपर्व लक्षित अफरमा १५ हजार जना सहभागी भएका छन् । दसैँ तिहारलाई लक्षित गर्दै ‘दसैँ तिहार भिभोको साथमा दैनिक उपहार हातमा’ नामक अफर ल्याएको थियो । यस अफरमा अहिलेसम्म १५ हजार बढीले सहभागी भएको कम्पनीले जनाएको छ ।
यस अफरमा दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउने छन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई १५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढीको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्ने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढीले उपहार जितिसकेका छन् । यो अफर ३१ अक्टोबरसम्म मात्र उपलब्ध हुनेछ ।
तपाईंको प्रतिकृया




