नेपालले जित्याे, भुटान ४-० गोलले पराजित

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको छ। भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो। नेपालले तेस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग खेल्ने भएकाे छ।

नेपालको जितमा भरत खवास, सुनिल बल, निराजन खड्का तथा अनन्त तामाङले गोल गरेका छन । निराजन र भरत दोस्रो हाफमा मैदान छिरेका थिए।

नेपालका रक्षक अनन्तले २२ औं मिनेटमा पहिलो गोल गरे। भरतले ७९ औं मिनेटमा गोल थपे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री