तेलंगानामा स्कुटर चार्ज गर्ने क्रममा आगलागी हुँदा आठको मृत्यु

काठमाडौँ । भारतको तेलंगानाको सिकन्दराबादमा सोमबार राति एउटा ठूलो दुर्घटना भएको छ । यहाँको विद्युतीय स्कुटरको शोरुममा आगलागी भएको छ ।

यहाँ विद्युतीय बाइक चार्ज गर्ने क्रममा उक्त घटना भएको बताइएको छ । आगलागीमा परी अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्मको अनुसन्धानबाट सर्ट सर्किटका कारण दुर्घटना भएको छ ।

आगलागीका कारण पहिलो र दोस्रो तल्लामा धुवाँको मुस्लो भरिएको थियो जसका कारण मानिसहरु निसास्सिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यसपछि मानिसहरूले भवनबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । उनलाई स्थानीयले अस्पताल पुर्याएका थिए । तर, धेरै मानिसहरु यसमा फसेर निसास्सिएर ज्यान गुमाएका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले नेतृत्व लिएर भवनबाट मानिसलाई बाहिर निकालेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस