फेरी टिपरले काठमाडौंमा मान्छे मार्याे

काठमाडौँ । स्वयम्भूमा बुधबार साँझ टिपरले मोटरसाइकलार्इ ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कंलकीबाट बालाजुतर्फ आइरहेको बा ९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा निधन भएको वताएका छन ् ।

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना घाइते भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गृह मन्त्रालयले गर्‍यो ६ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको …

प्रतिकृया दिनुहॊस