अनुभुती एजुकेशनद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न

वीरगंज । अनुभुती एजुकेशन फाउण्डेशनले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंजको टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर सिंहले विद्यार्थीहरुलाई आउ“दो कक्षा १२ को परिक्षामा राम्रो अंक ल्याई उज्जवल भविष्य निर्माणको लागि शुभकामना दिनुभयो ।

वहाले दक्ष एवं उत्कृष्ट विद्यार्थी उत्पादनमा अनुभुती एजुकेशन फाउण्डेशनले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो ।

कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न सास्कृतिक एवं रचनात्मक प्रस्तुतीका साथै शुभकामना आदान प्रदान समेत गरेका थिए ।

कलेजका प्रिन्सीपल सुमन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, हिमालय टेलिभिजनका क्षेत्रिय व्युरो प्रमुख विजय कुशवाहा, कलेजका फाईनेन्स डाईरेक्टर सरोज हुसैन,प्राध्यापक, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस