अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार:उत्तर कोरिया

मिसाइल परिक्षणपछि  युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका छन् ।

उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी दिएका छन् ।एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका व्यक्तिमध्येका एक मानिन्छन् ।

परमाणु परिक्षणपछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानको तर्फबाट अर्को एक मिसाइल प्रक्षेपण गरेको छ जसपश्चात् यो क्षेत्रमा चलिरहेको तनावमा थप वृद्धि भएको छ ।

‘अमेरिकाका सबै वैज्ञानिकलाई थाहा भयो होला कि हामीले जुन मिसाइल प्रक्षेपण गरेका छौं त्यो कम उचाईका बाबजूद लामो यात्रा तय गर्न सक्छ । यसबाट हामी चार हजार किलोमिटरसम्म पठाउन सक्छौं  । अर्थात् अब हामी अमेरिकाको लगभग कुनै पनि शहरसम्म पुग्न सक्छौं ।

 

स्रोत :बीबीसी

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस