बस पल्टिएर किच्दा एक बालकको मृत्यु, दुई घाइते

रुकुम पश्चिम । मुसीकोटमा बस पल्टिएर किच्दा एक बालकको मृत्यु भएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

मुसीकोट नगरपालिका–१, मा रहेको सल्ले बसपार्कबाट सफा गर्नका लागि मुलखोलातर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस मंगलबार दिउँसो पल्टिँदा सडक छेउमा खेलिरहेका सल्लेकै ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले किचिएका प्रयासको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसले किच्दा सल्लेकै ८ वर्षीय जेनिश बिसी र सर्लाही घर भएका बस चालक अन्दाजी २५ वर्षीय रामकुमार शंकर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैलाई थप उपचारको लागि नेपालगन्ज पठाइएको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृतक प्रयास र घाइते जेनिश सहोदर दाजुभाइका छोरा हुन् ।

बस सडकबाट झण्डै एक सय ५० मिटर तल पुगेको बताइएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस