यी हुन् चिसोमा लाग्ने रोग, बच्नुस् यसरी

काठमाडौं । केही दिनयता चिसो बढेको छ । चिसो बढेसँगै विभिन्न खालका विरामीको संख्या बढेको छ । दम, मुटु, रुघा खोकी लगायतका समस्या मानिसहरुमा देखिएका छन् । चिसो मौसममा यस्ता विभिन्न समस्याबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

कस्ता रोग लाग्छ ?

दम

जाडो मौसममा दमका बिरामीको चाप बढ्ने गर्छ । जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चने समस्या हुन्छ । यसरी नली खुम्चिएपछि श्वासनली साँघुरो बन्दै जान्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन थाल्छ । यो रोग खासगरी बुढाबुढीमा बढी देखिने गर्छ । जाडोको समयमा बालबालिकालाई भने अस्ती नामक रोगले ग्रसित बनाउँछ । यो एक किसिमको एलर्जी हो । अस्तीले भने श्वासप्रश्वासमा बाधा उत्पन्न गर्ने काम गर्छ ।

रुघाखोकी

सिजनल भाइरसका कारण जाडो मौसममा रुघाखोकीका बिरामी पनि अत्यधिक बढ्ने गरेको पाइन्छ । किनभने जाडोमा इन्फ्लुएन्जाका कीटाणुहरू सक्रिय हुन्छन् । जसका कारण मानिसमा रुघाखोकी लाग्ने गर्छ । यस्तो संक्रमण एकबाट अर्कोमा सर्ने भएकाले पनि थुप्रै मानिसलाई प्रभाव पर्ने गर्छ ।

छालामा समस्या

जाडो मौसममा छाला पनि जोखिममा हुन्छ । यो समयमा शरीरमा पानीको मात्रा कम भइरहन्छ । त्यसैले, पानी कम पिउने बानीका कारण छालामा समस्या देखिन थाल्छ । जस्तो कि छाला सुक्खा हुने, चिलाउने, ओठ फुट्ने आदि । छालामा हुने समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

निमोनिया

जाडो मौसममा ब्याक्टेरिया सक्रिय हुन्छन् । जसका कारण बच्चा, बुढाबुढी, बालबालिकाहरूमा निमोनिया हुने गर्दछ । चिसोको मुख्य कारण नै चिसो हो । जाडोमा न्यानो कपडा नलगाउँदा र पानीको प्रयोग नगर्दा निमोनिया हुन्छ ।

पिनास

चिसो मौसममा पिनासले धेरैलाई दुःख दिने गर्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकेर खाली ठाउँमा बस्छ । त्यहाँ पानी भरिन्छ र पिनास हुन्छ । पिनास सामान्य रोगजस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा ठूलो समस्या सिर्जना गर्छ ।

कसरी बच्ने ?

जाडोका सम्भावित रोगबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । त्यस्तै, झोलिलो पदार्थको सेवन बढाउनुका साथै न्यानो कपडा प्रयोग गर्नुपर्छ । नियमित शारीरिक व्यायाम गर्दा र संक्रमित व्यक्तिबाट टाढै रहने गर्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस