बलात्कारीलार्इ फाँसी दे भन्दै पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कारीलार्इ फाँसी दे भन्दै अाज कालो पेटिकोट लगाएर  माइतीघर मण्डलामा  महिला र पुरुष प्रदर्शन गरेका छन् । उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको छ।

बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरु पछिल्ला दिनमा बलात्कार बढ्दै गएको विरोधमा कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका हुन् । केहि महिला र पुरुषलाई प्रहरीले अनामनगर बृतमा राखेकाे छ । 

साे प्रदर्शनमा  महिला, पुरुष सँगै तेस्रो लिंगीसमेत थिए। सरकारले माइतीघरमा प्रदर्शन गर्न प्रतिबन्धको घोषणा गरेको थियो। तर अदालतले उक्त घोषणा कार्यान्वयन नगर्न समेत आदेश दिएको थियो। अाजकाे प्रदशर्नमा प्रहरीले प्रदर्शनकारीलार्इ लछारपछार गरेकाे थियाे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस