आमिर खानले पहिलोपटक मुख खोले आफ्नो डिभोर्स र दोस्रो बिहेबारेमा

एजेन्सी । आमिरले हालै आफ्नो  निजी जीवनका बारेमा  मुख खोलेका छन् । आमिरले  एक चिनीया पत्रकारसँगको अन्तरवार्तामा   निजी जीवनका बारेमा मुख खोलेका हुन ।आमिरले भने ‘मेरो पहिलो श्रीमती रिना एकदम कठोर थिइन्  । ‘उनको र मेरो शैली पटक्कै मिल्थेन । र, हामी समझदारीमै छुट्टयिौं ।’ डिभोर्सपछि उनले रिनालाई आफूले सम्मान गर्ने आमिर बताउँछन् ।

त्यसको केही समयमा उनको भेट किरणसँग भएको थियो, जतिबेला उनी एक्लोपनमा डुबिरहेका थिए । आमिरको फिल्म ‘लगान’ मा किरण सहायक निर्देशक थिइन् । त्यही क्रममा उनीहरुबीच मित्रता थियो ।

आमिरले भेने  ‘जतिबेला म एक्लोपनमा जलिरहेको थिएँ, मेरो जिन्दगीमा रिना आइन् । सुरुमा त मैले उनलाई राम्रो साथीको रुपमा मात्र लिएको थिएँ । तर, एक दिन उनले मलाई फोन गरिन् । हामीबीच धेरै कुरा सेयर भयो । करिब ४५ मिनेट कुरा गरिसकेपछि मलाई आफ्नो मन कता-कता खुशी र प्रफुल्लित भएको महसुस भयो । मलाई प्रेमको आभास भयो ।’

‘त्यसपछि हामीले डेट गर्न थाल्यौं । र, एक दिन मैले उनलाई विवाहको प्रस्ताव गरे । उनले स्वीकारिन् । यसरी हामीले विवाहमार्फत आफ्नो सम्वन्धलाई नयाँ नाम दियौं,’ आमिरले सुनाए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस