Tag Archives: mainn

आफ्ना मन्त्री ‘निशाना’मा परेपछि नेकपा एसले भन्यो- बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गरियोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

अब नयाँ ऐन अनुसार नागरिकता वितरण हुने, गृहले गर्‍यो ७७ वटै जिल्लामा परिपत्र

काठमाडौं । आइतबारदेखि नागरिकता प्रमाणपत्र नयाँ नागरिकता ऐन अनुसार वितरण हुने भएको छ । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेको हो । सबै जिल्ला प्रशासनहरूले आइतबारदेखि सोही अनुसार नागरिकता वितरण थाल्ने भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता ऐन प्रमाणीकरण गरेका थिए । प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा चार कुरा परिवर्तन गरेको छ …

पुरा पढ्नुहॊस »

अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुली सूचना निकाल्दा ऋणीको फोटो राख्न नपाउने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्वीर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन–२०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन’, राष्ट्र बैंकले हिजो (बिहीबार) संशोधन गरेको एकीकृत निर्देशनमा भनिएको छ …

पुरा पढ्नुहॊस »

मेयर बालेनले भेटे प्रधानमन्त्रीलाई, मागे सुकुम्बासी हटाउन सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)शाह बालुवाटार पुगेका छन् । उनी बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका हुन् । काठमाडौँ महानगरभित्रका सुकुम्वासी बस्ती हटाउन सरकारको साथ माग्न मेयर शाह प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । यसअघि उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग पनि सरकारको साथ मागेका थिए । सुकुम्वासी बस्ती हटाउन तम्सिएका मेयर शाहविरुद्ध प्रदर्शन हुँदै आएको छ । अव्यवस्थित बसोवासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । मंगलबार पनि प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न मौसमविदले आग्रह गरेका छन् ।

पुरा पढ्नुहॊस »

८८ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ८८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् । पछिल्लो विवरणअनुसार कांग्रेस ३४, एमाले ३१, माओवादी केन्द्रले २२ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । मतगणना जारी  रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी …

पुरा पढ्नुहॊस »

कुन क्षेत्रको मौसम कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौँ । अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राती, देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । भोलि देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य …

पुरा पढ्नुहॊस »

दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो

काठमाडौँ । काठमाडौँ उपत्यकामा तापक्रम घट्दै जाँदा चिसो बढेको छ । उपत्यकासहित देशभर चिसो बढ्दा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ । उपत्यकाको बिहीबारको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो । दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् बताउँछन् । दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया …

पुरा पढ्नुहॊस »

एमालेको पालिका अधिवेशन आज, ओलीले थापाथलीबाट उद्घाटन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव …

पुरा पढ्नुहॊस »

जापानबाट थप ८ लाख डोज खोप शनिबार र सोमबार आइपुग्ने

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोभिडविरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये बाँकी करिब ८ लाख डोज शनिबार र सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर नेपाललाई दिन बाँकी ८ लाख खोप छिट्टै आउन लागेको जनाएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको प्रतिक भएको बताएका छन् । कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई १६ लाख १४ हजार …

पुरा पढ्नुहॊस »