फाइल फाेटाे

बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बकुवा सामुदायिक वन छेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो ।

खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको छ । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन मानेका छैनन ।

बाघ नियन्त्रणमा लिन प्राविधिक टोलीसहितको जनशक्ति खटिएको छ । सामुदायिक वनमा आक्रमण गरेकाले क्षतिपूर्तिबारे अन्योल रहेको छ । गएको साउनयता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणमा परेर तीन जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पृर्वमन्त्री शाहलाई पितृ शोक

काठमाडौं । पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उनको शनिबार …

प्रतिकृया दिनुहॊस