खेल

एक रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

काठमाडौं । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११७ रनको लक्ष्य, कुशल र दीपेन्द्रको सानदार बलिङ

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ …

पुरा पढ्नुहॊस »

रोचक बन्दै समूह ‘डी’को सुपर ८ दौड, दुवै खेल जित्नुपर्ने दबाबमा नेपाल

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी’को अन्तिम आठको दौड रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेपछि अन्तिम आठको दौड रोमाञ्चक बनेको हो । यो महत्वपूर्ण जितपछि बंगलादेशले सुपर ८ को सम्भावना राखेको छ । नेपाल पनि रहेको यो समूहबाट दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा पुगिसकेको छ भने श्रीलंका बाहिरिइसकेको छ । अब सुपर ८ मा पुग्ने दोस्रो टिमबीच प्रतिस्पर्धा …

पुरा पढ्नुहॊस »

टी-२० वरीयतामा नेपाललाई अमेरिकाले उछिन्यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७औँबाट १८औँ स्थानमा झरेको हो । नेपाल एक वरीयता खस्कँदा अमेरिका १७औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी-२० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ । टिमको वरीयता खस्किए पनि नेपाली …

पुरा पढ्नुहॊस »

टी-२० विश्वकप : वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

काठमाडौं । आइसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो । योसँगै दुवै टिमले एक/एक अंक बाँडे । खेल रद्द भएपछि श्रीलंकाको …

पुरा पढ्नुहॊस »

सन्दीप टिममा आएपछि प्रतीशकी आमाको घुमाउरो असन्तुष्टि !

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने पनि विश्वकप खेल्ने भएका छन् । जसका लागि उनी वेस्ट इन्डिज पुगिसकेका छन् । नेपाल पनि अमेरिकामा श्रीलंकासँगको खेलपछि अन्य खेलका लागि वेस्ट इन्डिज जाँदै छ । वेस्ट इन्डिजमा हुने खेलमा सम्भवतः सन्दीप लामिछाने टिममा पर्नेछन् । सन्दीप टिममा पर्दा एक खेलाडीको प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यस्तोमा वैकल्पिक खेलाडीको रुपमा प्रतीश जिसीलाई टोलीमा राखिएको बुझिएको छ । प्रतीशलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेले वेष्टइण्डिजमा विश्वकप खेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि-ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको हो । नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुवै पटक भिसा दिन अस्वीकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो । तर उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विज्ञप्तिमा सन्दीप …

पुरा पढ्नुहॊस »

जितको लयमा फर्कियो ब्राजिल, एनड्रिक बने नायक

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गरेको छ । आइतबार बिहान अमेरिकाको टेक्सासस्थित काइल फिल्ड स्टेडियममा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो । ब्राजिलका लागि एनड्रिकले निर्णायक गोल गरे । खेल २-२ गोलको स्थितिमा रहेका बेला उनले ९६ औं मिनेटमा भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि खेलको ५ औं मिनेटमा आन्द्रेज पेरेइरा र ५४ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई २-० को अग्रता …

पुरा पढ्नुहॊस »

टी-२० विश्वकपमा आज भारत-पाकिस्तान प्रतिस्पर्धा, हेड टु हेडमा को अगाडि ?

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदै छन् । समूह ‘ए’ अन्तर्गत हुने भारत–पाकिस्तानबीचको ‘हाइभोल्टेज’ खेल राति सवा ८ बजेदेखि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा सुरु हुनेछ ।

पुरा पढ्नुहॊस »

विश्वकप छनोटमा नेपालको लगातार पाँचौं हार

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ । बिहीबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले पराजित भएको हो । पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएईका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए । नेपालले विश्वकपको …

पुरा पढ्नुहॊस »