खेल

लियोनल मेस्सीलाई फिफा द वेस्ट अवार्ड

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा द वेस्ट २०२३ अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजना भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन् । मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय …

पुरा पढ्नुहॊस »

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीपलाई क्यानले निलम्बन गरेको हो । उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको क्यानले जनाएको छ । यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो । यसअघि सन्दीपले आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै क्यानलाई पत्र पठाएका थिए । …

पुरा पढ्नुहॊस »

बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपलाई ८ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालतले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा आठ वर्ष सजाय सुनाएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पनि पीडितलाई भराउन आदेश गरेको छ । १६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई कसुरदार ठहर गरेको हो । पीडितको …

पुरा पढ्नुहॊस »

नयाँ प्रशिक्षकको खोजीमा ब्राजिलको राष्ट्रिय फुटबल टिम

काठमाडौं । ब्राजिलले पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक फर्नान्डो डीनिजलाई बर्खास्त गरेको छ । ब्राजिल फुटबल संघका अध्यक्ष एडलान्डो रोद्रिगेजले डीनिजलाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकबाट हटाएको जानकारी दिएका हुन् । डीनिज उनलाई गत जुलाईमा एक वर्षका लागि राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको थियो । डिनिजले फिफा विश्वकप छनोटका ६ खेलमा ब्राजिलको नेतृत्व सम्हालेका थिए । जसमा ब्राजिलले दुई खेलमा मात्र जित हासिल गरेको थियो भने तीन खेलमा हार …

पुरा पढ्नुहॊस »

टोउलोउसलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

काठमाडौँ । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गए राति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २–० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । पिएसजीको जितमा ली कांग इन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । फ्रेन्च सुपर कप हरेक वर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेताबीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औँ पटक जितेको छ । २०२२ मा …

पुरा पढ्नुहॊस »

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी ज्योति पाण्डेले क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । बुधबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि ज्योतिले क्रिकेटबाटै सन्यासको घोषणा गरेकी हुन् । प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई ११ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले उपाधि जित्दा ज्योति टिमकी महत्वपूर्ण सदस्य बनेकी थिइन् । एपीएफबाट घरेलु प्रतियोगिता खेल्ने ज्योतिले सन् २०२१ मा कतारविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेकी …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय पुस २५ गते निर्धारण हुने भएको छ ।

पुरा पढ्नुहॊस »

२०२३ मा धेरै गोल गर्ने खेलाडी बने रोनाल्डो

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ । ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा बर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० गोल सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् । रोनाल्डोले एक बर्षमा ५० भन्दा बढी …

पुरा पढ्नुहॊस »

पूर्वयुवराज्ञी हिमानी र नवयुवराज हृदयन्द्रले दिए खेलाडीहरूलाई पुरस्कार

काठमाडौँ । नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुरबीचको खेलमा म्यान अफ द म्याच घोषित आन्द्रेस निया र फ्यान अफ द म्याच घोषित प्रशिद्धमान डंगोललाई पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाहले पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ र ललितपुरको निर्णायक खेल हेर्न पुगेकी शाहले खेलाडीको उत्साहप्रद प्रतिस्पर्धा हेर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । प्रतियोगितामा काठमाडौँका लागि नियाले निर्णायक गोल गर्दै टोलीलाई प्लेअफमा पुर्‍याएका थिए । पूर्व युवराज्ञी हिमानी …

पुरा पढ्नुहॊस »

म्यानचेष्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

काठमाडौँ । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए । फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन् । अहिलेसम्म …

पुरा पढ्नुहॊस »