रेमिट्यान्स

बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी

काठमाडौं । बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ । बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको छ हो । बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न …

पुरा पढ्नुहॊस »

एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएकी डेनमार्ककी रानीलाई कोभिड पोजेटिभ

एजेन्सी । डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड-१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् । मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड देखा परेको थियो । ८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुनामध्ये एक थिइन् । उनी बेलायती महारानीको मृत्युपछि …

पुरा पढ्नुहॊस »

श्रीलंकामा ८४ प्रतिशतले खाद्यान्नको मूल्य वृद्धि

एजेन्सी । श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ । देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ । आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ । २२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो । गत महिना श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीति कम हुने अपेक्षा गरेको थियो । देशले …

पुरा पढ्नुहॊस »

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

एजेन्सी । नाइजरको दक्षिण-पूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्’, आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले भने । यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ । यो एक क्षेत्र …

पुरा पढ्नुहॊस »

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौँ । भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनलाई अगस्त १० गते हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेपछि २१ सेप्टेम्बरमा उनको निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका …

पुरा पढ्नुहॊस »

महारानीको अन्त्येष्टिमा ५०० राष्ट्र प्रमुख र विशिष्ट अतिथि सहभागी हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिअघि लन्डन पुगेका छन् । महारानीको अन्तेष्टिमा सहभागी हुन आउने करिब ५०० राष्ट्र प्रमुखहरू र विदेशी विशिष्ट व्यक्तिमध्ये बाइडेन पनि हुन् । यसअघि क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरु यसअघि नै बेलायतमा छन् । साउदी युवराज मोहमद बिन सलमानलगायतका केही अतिथिलाई बोलाइएको विषयमा विवाद बढेको छ । अन्तेष्टि समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र भारतीय राष्ट्रपति दौपदी मुर्मु …

पुरा पढ्नुहॊस »

अगस्त यता युक्रेनको कृषि निर्यात ३० लाख टनभन्दा बढी

काठमाडौं । युक्रेनको पूर्वाधार मन्त्रालयले बिहीबार एक प्रमुख खाद्यान्न सम्झौताअन्तर्गत युक्रेनको कृषि निर्यात ३० लाख टन नाघेको जनाएको छ । अगष्ट १ देखि यो सम्झौता लागू भएयता ३३ लाख ३० हजार टन खाद्यान्न बोकेका १४५ जहाजले युक्रेनी ‘ब्ल्याक सी’ बन्दरगाहबाट एशिया, युरोप र अफ्रिकी मुलुकका लागि प्रस्थान गरेको मन्त्रालयले आफ्नो उल्लेख गरेको छ । बिहीबार मात्रै ओडेसा र चोर्नोमोस्र्क बन्दरगाहबाट अन्न बोकेका नौ वटा जहाज छुटेका छन् भने थप दुई …

पुरा पढ्नुहॊस »

कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनामा परेको छ । तर, उनलाई सामान्य चोट लागेको छ । जेलेन्स्कीका प्रवक्ताले स्थानीय मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएका हुन् । जेलेन्स्कीका प्रवक्ता सेर्ही न्याकिफोरोभले बिहीबार फेसबुक पोस्ट साझा गर्दै राष्ट्रपतिको कार र मोटरसाइकल ठोक्किएको बताएका छन् । दुर्घटनापछि जेलेन्स्कीको जाँच गरिएको र उनी गम्भीर घाइते नभएको उनले जानकारी दिएका छन् । अर्कोतर्फ विगत आठ महिनादेखि रुससँग चलिरहेको युद्ध अब नयाँ चरणमा …

पुरा पढ्नुहॊस »

महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो

एजेन्सी । महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजाँदा भव्य स्वागत गरिएको थियो । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् । उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ । अन्तिम …

पुरा पढ्नुहॊस »

केन्याको पाँचौं राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

एजेन्सी । केन्याको पाँचौं राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गरेका छन् । नव निर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गरेका हुन् । उनको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए । केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका …

पुरा पढ्नुहॊस »