भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार

काठमाडौँ । विनाशकारी भूकम्प गएको ८ सातापछि टर्कीमा ७ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ । उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट ७ जनालाई जीवितै उद्धार गरेका हुन् ।

भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जीवितै उद्धार गरिएको छ । दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट महिलालाई जीवितै उद्धार गरी अस्पताल पठाइएको छ । सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जीवितै उद्धार गरेका छन् । सोही प्रान्तबाट अर्की एक महिलाको पनि जीवितै उद्धार गरी अस्पताल पठाइएको छ ।

मृतकको सङ्ख्या झन्डै ४० हजार पुगेका बेला जीवितै उद्धार गर्ने कुरा दुर्लभ बन्दै गइरहेको छ । टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता मानवीय सहायतासम्बन्धी प्रमुखले त्यहाँ मृतकको सङ्ख्या दोबर हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ई-सेवाले ल्यायो दशैंतिहार चाडपर्वको अफर, कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘ई-सेवा महाउत्सव …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds