टर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजार नाध्यो, खोजी कार्य जारी

एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ हजार नाघेको छ।भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ५ हजार ७०० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन्। अझैपनि दुबै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्। उनीहरूले अझैपनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन्।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७।६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री