रेमिट्यान्स

ट्वीटरले थप कर्मचारी कटौती गर्‍यो

एजेन्सी । ट्वीटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा विश्वास र सुरक्षा टोलीमा थप कर्मचारी कटौती गरेको छ । ब्लुमबर्ग समाचारका अनुसार ट्वीटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ । एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा हटाइएकाहरूमा एशिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा हालसालै नियुक्त भएका नुर अजहर बिन अयोब र ट्विटरका राजस्व नीतिका वरिष्ठ निर्देशक …

पुरा पढ्नुहॊस »

श्रीमतीले सम्बन्धविच्छेद मागेपछि सात जनाको हत्यापछि आत्महत्या

एजेन्सी । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत …

पुरा पढ्नुहॊस »

भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

एजेन्सी । भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको बीबीसी हिन्दीले जनाएको छ । क्षतिको विवरणबारे समाचारमा केही उल्लेख छैन ।

पुरा पढ्नुहॊस »

म्यानमारमा सात हजार बन्दीलाई आममाफी

एजेन्सी । म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रिक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पुर्‍याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृङ्खलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको …

पुरा पढ्नुहॊस »

दुबईले घटायो मदिरा बिक्रीमा ३० प्रतिशत कर

एजेन्सी । धनी खाडीका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन दुबईले मदिरा बिक्रीमा ३० प्रतिशत कर घटाएको छ । वितरकहरूद्वारा घोषणा गरिएको तर अधिकारीहरूले पुष्टि नगरेको कटौती विश्वको सबैभन्दा उच्च मूल्यहरू घटाउन तय गरिएको गरिएको देखिन्छ, जहाँ बियरको प्रति पिन्ट १५ डलरभन्दा बढी लाग्छ । वितरकहरु एमएमआई एन्ड अफ्रिका एन्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ । ‘तपाईंलाई मनपर्ने पेयहरू किन्न सजिलो र …

पुरा पढ्नुहॊस »

इरानमा प्रदर्शनमा सहभागी भएको आरोपमा दुई किशोरलाई फाँसी

एजेन्सी । इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ । महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फाँसी दिइने अभियानकर्ताहरूलाई डर छ । ओस्लोस्थित इरान …

पुरा पढ्नुहॊस »

दुई वटा हेलिकोप्टर ठोकिँदा अस्ट्रेलियामा चार जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको थियो । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’, क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवाहक निरीक्षक ग्यारी वोरिलले भने । त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टरका पङ्खाहरू केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा …

पुरा पढ्नुहॊस »

मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

एजेन्सी । भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । समानुपातिकताको आधारमा विमुद्रीकरण अभ्यासलाई रोक्न नसकिने अदालतकाे ठहर छ । सरकारको उक्त निर्णय आर्थिक नीति भएकोले उल्ट्याउन …

पुरा पढ्नुहॊस »

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

एजेन्सी । लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि ‘देशको पुनर्निर्माण’ गर्ने वाचा गरे । हालैका दिनहरूमा मृत्यु भएका ब्राजिलका फुटबल लिजेन्ड पेले र पूर्व पोप बेनेडिक्ट १६औँ को लागि एक मिनेट मौन धारण गरेर सपथ ग्रहण सुरु भएका थिए । ७७ वर्षीय दिग्गज वामपन्थीले …

पुरा पढ्नुहॊस »

दुई दशकमा विश्वभर १७ सय पत्रकारको हत्या

एजेन्सी । विगत २० वर्षमा विश्वभर एक हजार सात सय पत्रकार मारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन् । आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, ‘तथ्यांकका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना संकलन, सत्यको खोजी र पत्रकारिताप्रतिको उनीहरूको ती व्यक्तिहरूको अनुहार रहेको छ …

पुरा पढ्नुहॊस »