रेमिट्यान्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको सय वर्षको उमेरमा निधन

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन भएको छ । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको जानकारी दिएका हुन् । उनले सामाजिक संजाल मार्फत एक शानदार शताब्दीको ईश्वरको चरणमा विराम भएको उल्लेख गरेका छन् । मोदीले लेखेका छन्- ‘एक गौरवशाली शताब्दी भगवानको चरणमा विराम… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यतामा प्रतिबद्ध जीवन रह्यो ।’ हीराबेन सय …

पुरा पढ्नुहॊस »

अमेरिकामा अधिक चिसोबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी । अमेरिकामा हिमपात र चिसो आँधीबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २८ जनाको मृत्यु भएको हो । न्युयोर्कका केही ठाउँमा ३ दिनको अवधिमा एक सय इन्च बाक्लो हिउँ थुप्रिएको छ । सोही शहरमा लुटपाट समेत मच्चिएको छ । स्थानीयहरुले पसलहरुमा लुटपाट गरी टेलिभिजन र पलंग लगायतका फर्निचर लगायत औषधि पसलमा समेत लुटपाट मच्चाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । …

पुरा पढ्नुहॊस »

जापानमा भारी हिमपात : १७ जनाको ज्यान गयो

एजेन्सी । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौं घाइते भएका छन् भने हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटरसम्म हिमपात …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डलाई बेइजिङबाट बधाई

एजेन्सी । नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेइजिङबाट पनि बधाई आएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सोमबार पत्रकार सम्मेलनमा दाहाललाई बधाई दिँदै नेपाल सरकारसँग द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन चीन इच्छुक रहेको बताएकी हुन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार नेपालको निर्वाचन सहज रूपमा सम्पन्न भएको चीनले देखेको र चीनले दाहाललाई नयाँ प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएकोमा विदेश मन्त्रालयकी …

पुरा पढ्नुहॊस »

सुकीविरुद्धको मुद्दामा अन्तिम बहस

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा छिन् । नोबेल पुरस्कार विजेता ७७ वर्षीया सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकी–टकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ । अधिकारवादी …

पुरा पढ्नुहॊस »

चीनबाट स्वदेश फर्किएका भारतीयमा कोरोना देखियो

एजेन्सी । दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको जीनोम सिक्वेन्सिङका लागि नमूना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन् । व्यक्तिलाई उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको प्राप्त विवरणहरुमा जनाइएको …

पुरा पढ्नुहॊस »

इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो । पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो । दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपतकालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने । घाइतेमध्ये २० जनाको अवस्था …

पुरा पढ्नुहॊस »

बाइडेन र जेलेन्स्कीबीच भेटवार्ता, के भए भए छलफल ?

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग ‘केवल शान्ति’ भनेको र आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताएका छन् । अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसको पत्रकार सम्मेलनमा देखा पर्दै उनले सो धारणा राखेका हुन् । ‘मलाई थाहा छैन शान्ति भनेको के हो’, उनले हजारौंको ज्यान लिने, लाखौंलाई विस्थापित गर्ने र सहरहरू ध्वस्त पारेको द्वन्द्व अन्त्य गर्ने उचित उपाय के हो भन्ने प्रश्नको जवाफमा भने, ‘यो …

पुरा पढ्नुहॊस »

आठ किशोरी मिलेर गरे ५९ वर्षीय पुरुषको हत्या

एजेन्सी । क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या अभियोगमा आठ किशोरीलाई अभियोग लगाइएको छ । आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए । आइतबार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा …

पुरा पढ्नुहॊस »

ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा

एजेन्सी । एलोन मस्कले मंगलबार ट्वीटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गरेका छन् । ‘जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु १ त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू चलाउनेछु’, मस्कले ट्विटरमा लेखेका छन् । यसअघि उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा सर्वेक्षण गरेका थिए । सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले मस्कले पद …

पुरा पढ्नुहॊस »