आईएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा सम्बन्धी समझदारी

काठमाडाैँ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्द्धित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ।

सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आईएमईको डिजिटल वालेट आईएमई पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्द्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन्।

यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रवर्द्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठूलो सहयोग पुग्नुको साथै आईएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आईएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आईएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन्।

यो रणनीतिक साझेदारी, यूएई र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन्। प्रमुख व्यापार अधिकृत मिशेलले, बोटिम अल्ट्रा एप मार्फत, लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेको र यो साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेको पनि बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस