समाचार

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको हाे । यस्तै उनलाई बचाउने प्रयास गर्दा तीन महिला पनि करेन्ट लागेर घाइते भएका छन्। ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल सल्लेनमा उपचार जारी रहेको प्रहरीले …

पुरा पढ्नुहॊस »

एसईईको रिजल्टमा चित्त बुझेन ? अनलाइनबाटै दिन सकिन्छ ‘रिटोटलिङ’का लागि निवेदन

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक एसईईको नतिजामा नबुझेको खण्डमा अनलाइनबाटै रिटोटलिङको निवेदन दिने व्यवस्था गरेको हो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नु पर्नेछ । नतिजा नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय ईकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था …

पुरा पढ्नुहॊस »

सांसद देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक !

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए । उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन …

पुरा पढ्नुहॊस »

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको …

पुरा पढ्नुहॊस »

एसईईको माैका परिक्षा साउन १८ र १९ मा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै …

पुरा पढ्नुहॊस »

वेबसाइट र एसएमएसबाट यसरी हेर्नुहोस् एसईईको नतिजा (१५ विकल्प)

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने भएको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ । नतिजा हेर्न सकिने १५ विकल्प :- परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ …

पुरा पढ्नुहॊस »

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन् । परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन् । अर्थात् यी …

पुरा पढ्नुहॊस »

सत्य कुरा बोल्दा ममाथि पार्टीभित्र घृणित राजनीति भयो, प्रतिवेदन सार्वजनिक गरियोस् : महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टी संकटतिर धकेलिएको बताएका छन् । स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल पार्टी संकटतिर धकेलिएको उनले ल्गाएको प्रतिवेदनमा उल्लेख छ । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् । उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ना भएका आँबुखैरेनीका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds