समाचार

सिधा कुराका सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौँ । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो । उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो । सर्वोच्च अदालतले वैशाख २३ …

पुरा पढ्नुहॊस »

बालेनको आरोप- बीपी र मदनको नाममा करोडौंका कार्यक्रम नगर्दा कांग्रेस/एमालेले नगरसभा रोके

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो । महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो । …

पुरा पढ्नुहॊस »

महामन्त्री मुकुलको प्रतिवेदनले रास्वपामा तरङ्ग, बोलाइयो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा. मुकुल ढकालले देश दौडाहापछि तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असार १९ गते केन्द्रीय समितिको बैठक बोलाएको हो । इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देशभरका नेता-कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । महामन्त्री ढकालको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको …

पुरा पढ्नुहॊस »

नेपालमा ६९ मुलुकका विदेशी कामदार, सबैभन्दा बढी चिनियाँ

काठमाडौं । स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । स्वदेशमा पाइने कामका क्षेत्रमा नेपाली युवाको आँखा लागेको छैन । तर तिनै क्षेत्रमा काम गर्न विदेशी नेपाल आउने क्रम बढेको छ ।

पुरा पढ्नुहॊस »

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा खस्यो

काठमाडौं । रामेछापको लिखु तामाकोसीमा बस दुर्घटना भएको छ । काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस शुक्रबार बिहान लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । बसमा २५ जना सवार रहेको बताइएको छ …

पुरा पढ्नुहॊस »

बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ

काठमाडौं । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका-९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको बसमै मृत्यु भएको हो । भारतबाट घर फर्कँदा गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए । जोशी पाटन पुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय …

पुरा पढ्नुहॊस »

रामकोटमा कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको हो । प्रहरी वृत्त स्वयम्भूकाअनुसार नागर्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

देशभर भारी वर्षाको विश्लेषण, हेर्नुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds