नेपाली कांग्रेसका दुई महामन्त्रीलाई प्रस्तावित उम्मेदवार देउप्रसाद लिम्बुकाे नाङ्गो चिठ्ठी

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मालार्इ झापा क्षेत्र नम्बर ३का प्रस्तावित उम्मेदवार देउप्रसाद लिम्बुले नाङ्गो चिठ्ठी लेखेका छन् । नेपाली कांग्रेसको हालत आपत विपतमा भएकाे भन्दै उनले उक्त चिठ्ठी लेखेकाे उल्लेख गरेका छन् ।

महामन्त्रीहरुलाई  खुला पत्र नभइ नाङगो चिठ्ठी लेखेकाे लिम्बुले बताएका छन्  । उनले “आपत विपतमा ज्यान जोगाउन ओछ्यानबाट जुरुक्क उठेर कुदेको मान्छेलाई नाङगो हुँदा पनि मतलब हुँदैन” भन्दै  नेपाली कांग्रेसको हालत त्यस्तै आपत विपतमा रहेकाे बताएका छन् । पार्टीलाई जोगाउन  जो जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा जुरुक्क उठेर कुद्नुपर्ने  उनकाे धारणा छ ।  लिम्बुका अनुसार यही अवस्था रहेमा  नेपाली कांग्रेसले  चुनाव हार्ने र यो कुरा भन्न अब धक मान्नु नपर्ने बताएका छन्  । उनि भन्छन्  “कतिपय मानिसहरु कांग्रेसको हालत प्रजापरिषद् जस्तो हुनेभयो भन्दैछन्, यो गलत हो । समाप्त हुँदा पनि प्रजापरिषद्सँग आदर्शवान नेताहरु थिए । नैतिक धरातलमा चुकेर प्रजा परिषद् सकिएको होइन, राजनीतिक गोटीचाल नजानेर समाप्त भएको हो । कांग्रेसलाई निजीकरण गरेर बसेकाहरुले राजनीतिक गोटीचाल पनि जानेनन्, नैतिक धरातल पनि जोगाएनन् ।”

लिम्बुका अनुसार  निषेधलाई तोड्दै विशेष महाधिवेश गर्नु सजिलो हाेइन, महामन्त्रीद्धय सहित महाधिवेशन प्रतिनिधिहरुले हिम्मत गरेर विशेष महाधिवेशन गर्नु सराहनीय रहेकाे छ ।  उनले व्यक्तिगत राजनीतिक भविष्य दाउमा राखेर कांग्रेस जोगाउन चालिएकाे कदमकाे  ह्रदयदेखि  प्रशंसा गरेका छन् ।  झापा क्षेत्र नम्बर ३का ५५ प्रतिशत जनता र ९८ प्रतिशत कार्यकर्ता विशेष महाधिवेशनको  र  कांग्रेसको पुस्तान्तरण, रुपान्तरण र पुर्नजीवनको पक्षमा रहेकाे उनले जानकारी दिएका छन्।

उनले  कांग्रेस समाप्त भयो भने यो देशको राष्टियता,  लोकतन्त्र कमजोर हुने र उग्र वामपन्थी, उग्र दक्षिणपन्थी र उग्र पपुलिष्टहरु शक्तिशाली हुने उल्लेख गरेका छन् । जसकाे प्रतिरोध  गर्नुपर्ने उनले दाबी रहेकाे छ । उनि भन्छन् “देश जनता र कांग्रेसको पक्षमा उभिनुभएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि साथीहरुलाई म झापा क्षेत्र नम्बर ३ का ५५ प्रतिशत जनता र ९८ प्रतिशत कार्यकर्ताको तर्फबाट हार्दिक जयनेपाल भन्छु ।” उनका अनुसार विशेष महाधिवेशनको पक्षमा उभिएका गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु समस्या मात्र देखाएर नेता नबनेकाे  तर समाधानको बाटो देखाएर नेता बनेका हुन् ।

उनका अनुसार विशेष महाधिवेशनमा नेपाली कांग्रेसका दुई तिहाईभन्दा धेरै कार्यकर्ता र शुभेच्छुकहरुको समर्थन रहेकाे  छ र  ५४ प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिहरुको औपचारिक समर्थन छ ।  उनले विशेष महाधिवेशनको विरोध गर्ने, यसको विपक्षमा हुने साथीहरु पनि समेटेर आगामी दिनमा अगाडि बढ्ने कार्ययोजना ल्याउन आग्रह गरेका छन्  र  विशेष महाधिवेशनका लागि शुभकामना समेत व्यक्त गरेका छन्।

लिम्बुले महामन्त्रीद्धय र  विशेष महाधिवेशनलाई दिइकाे सुझाव
— विशेष महाधिवेशनले नयाँ नेतृत्व चुन्नुपर्छ ।
— निजीकरण, भाउजूकरण, भान्जाभान्जीकरण, भतिजाभतिजीकरण, प्रेमिकाकरण, धुपौरेकरण, एआईकरण, छोराछोरीकरण, कम्युनिष्टकरण, अपराधिकरण, भ्रष्टिकरण….. यस्ता सबै ‘करण’ हरुको उन्मुलन गर्नुपर्छ ।
— जेन्जी आन्दोलनको सम्पूर्ण स्वामित्व कांग्रेसले लिनुपर्छ, जेन्जी आन्दोलन र जेन्जी पुस्ताको पनि अभिभावकत्व लिनुपर्छ ।
— जेन्जी आन्दोलनले बोकेको विचार, भावना र मागलाई समर्थन गर्दै त्यसलाई पूरा गर्ने संकल्प गर्नुपर्छ ।
— जेन्जी आन्दोलनको आडमा गरिएको अपराधको भतर््सना गर्दै त्यस्ता अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।
— कांग्रेसलाई रुपान्तरण, पुस्तान्तरण र पुर्नजीवन दिने नीति कार्यक्रम ल्याउनुपर्छ ।
— अब कांग्रेस केन्द्रीय समितिका सबैको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।
— निर्वाचनमा उम्मेदवार बन्नेहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।
— भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि स्पष्ट कार्ययोजना ल्याउनुपर्छ ।

,

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री