समाचार

सत्य कुरा बोल्दा ममाथि पार्टीभित्र घृणित राजनीति भयो, प्रतिवेदन सार्वजनिक गरियोस् : महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टी संकटतिर धकेलिएको बताएका छन् । स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल पार्टी संकटतिर धकेलिएको उनले ल्गाएको प्रतिवेदनमा उल्लेख छ । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् । उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ना भएका आँबुखैरेनीका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता झलनाथ खनालको समर्थनमा उनी अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् । नेता खनालले नेकपा एसको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्यामलाई समर्थन गर्ने सहमति भइसकेको छ । बुधवार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा दुई नेताहरू मिलेर जाने सहमति भएको बुझिएको छ । नेकपा एसको महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदै छ …

पुरा पढ्नुहॊस »

शोभा पाठक अस्पताल भर्ना, तारा बराल धरौटीमा रिहा

काठमाडौं । नेता र व्यवसायीसँग नाम जोडिएकी शोभा पाठक अस्पताल भर्ना भएकी छन् । प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएको बताएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । साइबर ब्युरोले मुद्दा बुझाउने तयारी गरेको बेला उनी बिरामी परेकी छन् । उनी दुई दिनयता अस्पतालमै रहेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । एकजना पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले शोभा पाठकलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमै …

पुरा पढ्नुहॊस »

काठमाडौंबाट स्रोत नखुलेको २० लाखसहित बिहारका निरन्जन पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार छन् । उनीलाई काठमाडौं महानगरपालिका- १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद …

पुरा पढ्नुहॊस »

जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ जना बिरामी

काठमाडौं । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् …

पुरा पढ्नुहॊस »

जेलमुक्त हुँदै ६२० जना कैदी, कैफियत भए उजुरी दिन आग्रह

काठमाडौँ । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो । उक्त प्रयोजनका लागि कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) मा भएको व्यवस्था बमोजिम उल्लेखित कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा विभागमा दर्ता गर्न सार्वजनिक अनुरोध गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए । ‘गृहमन्त्रालयको जेठ …

पुरा पढ्नुहॊस »

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ । प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा …

पुरा पढ्नुहॊस »

वर्षाले विराटनगरका बस्ती जलमग्न

काठमाडौं । लगातारको बर्षाले मोरङ विराटनगरका विभिन्न बस्ती जलमग्न बनेका छन् । विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो । अत्यधिक वर्षाका कारण बूढीखोला, केसलियालगायत खोलामा जल सतह बढेको वडा नम्बर–१२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए । वर्षातको पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताएका छन् । वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न बनेका छन् । …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds