समाचार

पाँचौँ पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, यस्तो छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेसहितका पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार …

पुरा पढ्नुहॊस »

लेदोसहितको पहिरोले दुई बस त्रिशूली नदीमा पुर्‍याएको खबर, ५० भन्दा धेरै यात्रु बेपत्ता

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे दुई बस त्रिशूलीमा खसेका हुन् । ती बसमा चालकसहित ५० जना रहेको अनुमान छ । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार जानकारीअनुसार गौर जाँदै …

पुरा पढ्नुहॊस »

‘गृहमन्त्रीको मान्छे हुँ’ भन्दै विदेश पठाउन दबाब दिने मन्त्रालयकै कर्मचारी पक्राउ

काठमाडौं । भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । गृहमन्त्री र गृहसचिवको नामै लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने विष्टलाइलाई बिहीबार पक्राउ गरिएकाे हाे । उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएकाे अनुसन्धानबाट खुलेकाे छ । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय …

पुरा पढ्नुहॊस »

कांग्रेस महामन्त्रीद्वयले गरे ओली सरकारमा मन्त्री नबन्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एमाले नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । पूर्व पुगेका उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र झापा-१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले कांग्रेसभित्र मन्त्री बन्नेको लर्को लागिरहेको बेला सरकारमा सहभागी नहुने बताएका हुन् । यद्यपि सभापति शेरबहादुर देउवाले पनि उनलाई सरकारमा पठाउन चासो भने देखाएका …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौ । राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १: १५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी दिएका हुन् । सूचनामा भनिएको छ- ‘राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ …

पुरा पढ्नुहॊस »

विश्वप्रकाश शर्माले भने- म ओली सरकारमा मन्त्री बन्दीनँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारमा आफु नजाने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा-१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा उनले यस्तो बताएका हुन् । कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमती छ । काँग्रेसभित्र मन्त्री बन्नेको लर्को लागिरहेको बेला शर्माले सरकारमा सहभागि नहुने बताएका हुन् । सभापति देउवाले पनि उनलाई सरकारमा पठाउन चासो भने देखाएका छैनन् …

पुरा पढ्नुहॊस »

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । बरहथवा १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्वरको ट्रेक्टर पल्टिएर स्थानिय पुरैनिया गाउँका ३० बर्षिय चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको बताएका छन ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्विप

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । ‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम …

पुरा पढ्नुहॊस »

५९ वर्षीया महिलामाथि बलात्कार, ३६ वर्षीय पुरुष पक्राउ

काठमाडौं । ५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगर छन् । मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

शनिबारसम्म भीषण र अत्यधिक वर्षाको प्रक्षेपण, कुन कुन जिल्लामा छ जोखिम ?

काठमाडौं । दुईवटा मौसमी प्रणाली एकसाथ सक्रिय हुँदा शनिबारसम्म देशभर वर्षाको प्रक्षेपण गरिएको छ । मनसुन न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै बिहीबारबाट उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने भएपछि मौसम पूर्वानुमान महाशाखाले देशभर वर्षाको आकलन गरेको हो । मनसुन रेखा पश्चिम (सुदूर र लुम्बिनीको पश्चिम) बाहेकमा नेपालतिर सर्न थालेकाले मध्य र पूर्वी नेपालमा भीषण र अत्यधिक वर्षाको चेतावनी दिइएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार बिहानसम्म कोशी, …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds