समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला पनि आउला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

घाँस काटेँ, गोबर सोहोरेँ तर पढ्न छोडिन : मुख्यसचिव गड्तौला

काठमाडौं – निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव हुने मुलुककै पहिलो महिलाको इतिहास पनि रचेकी छन् । निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव थिए, लीलादेवी सत्ताइसौं मुख्यसचिव हुन् । कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी लीलादेवीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा बढुवा गरेको हो । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले गत असार ९ मा वरिष्ठ सचिव लीलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी …

पुरा पढ्नुहॊस »

सौर्य एयर दुर्घटना : मृतकको पोष्टमार्टम सकियो

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । गत बुधबार भएको दुर्घटनाका मृतकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकिएको हो । पोस्टमार्टम सकिएसँगै शव पहिचान कार्य आजै सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने अस्पतालको तयारी छ । १८ शवमध्ये १ महिला र बालकको शव पहिचानका लागि कुनै समस्या नभएको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए । उनकाअनुसार अन्य १२ शवलाई …

पुरा पढ्नुहॊस »

गेष्टहाउसमा युवकसँग बसेकी युवतीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवतीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एक युवकसँग राती ११ बजे आएकी युवतीको बिहान मृत्यु भएको हो । ललितपुरकै डुकुछाप घर भएर हाल सातदोबाटोमा बस्दै आएका एक युवकले राति साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् । युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले बि एण्ड बि अस्पतालमा लगेकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको …

पुरा पढ्नुहॊस »

मृगौला रोगबाट ग्रसित कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति करिब १० बजेर ४० मिनेट जादा निधन भएको हो । उपमेयर शुभलक्ष्मी शाक्यकाअनुसार मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आउनु भएको थियो,’ उपमेयर शाक्यले भनिन्, ‘पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।’ श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको …

पुरा पढ्नुहॊस »

रामेछापको फर्पुमा पहिरोले पुरिएर तीन किशोरीको मृत्यु

काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका-६ फर्पुमा गएराति गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए । बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । …

पुरा पढ्नुहॊस »

बानेश्वरबाट ‘टू-ट्वान्टी’ चोर्ने दुई युवकलाई ट्राफिक प्रहरीले समात्यो

काठमाडौं । काठमाडौँको नयाँबानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कोहल्वी नगरपालिका २ ककडी घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका ५ घर भई हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यम नारायण चौधरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबार काठमाडौंको सिभिल अस्पतालमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी …

पुरा पढ्नुहॊस »

मौसम विभागले भन्यो- ४ प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसकारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

योजना आयोगको उपाध्यक्षमा अधिकारी

काठमाडौं । सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको उनले जानकारी दिए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । बैठकले …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds