गृहमन्त्री अर्याल मतदानमा सहभागीः देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका छन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिएका छन् । उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए । गृहमन्त्रीले भने, ‘सबै ठाउँमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यो सरकारको काम नै चुनाव गराउने थियो त्यही भएर उत्साहित छौं । तयारी अनुसार नै मतदान भइरहेको छ स्थलगत हेर्दाखेरि । देशभरी छिटफुट घटनाबाहेक त्यस्तो भएको छैन । साम्य पार्दै मतदान भइरहेको छ ।’

उनले तयारीअनुसार नै मतदान प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै देशभर छिटफुट घटनाबाहेक ठूलो समस्या नदेखिएको बताए । त्यस्ता घटनाहरूलाई तत्काल नियन्त्रण गर्दै मतदानलाई सहज रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री