समाचार

जग्गा किनबेचको विवाद दिदीको हत्या

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । घटनास्थलमा बञ्चरो, दाउ र हँसिया फेला परेको छ …

पुरा पढ्नुहॊस »

सबै प्रदेशमा पानी पर्ने, चार वटामा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा …

पुरा पढ्नुहॊस »

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री राणा

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएकी छिन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री देउवाले आज प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको हो । परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणको तालिकामा प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम समावेश छैन । सोमबार नै मलेसियाका प्रधानमन्त्री भारत भ्रमणमा जान लागेका छन् । त्यसमा प्रधानमन्त्री मोदी व्यस्त हुने भएपछि समय मिल्छ कि मिल्दैन भनि अन्योल थियो …

पुरा पढ्नुहॊस »

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा …

पुरा पढ्नुहॊस »

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ

काठमाडौं । संघीय संसद भवन नजिकै बानेश्वरमा सडक भ्वाङ परेको छ । बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेर भासिएको हो । अहिले भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए …

पुरा पढ्नुहॊस »

सूर्यदर्शन सहकारीका पूर्व सचिव नकर्मी पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव पक्राउ परेका छन् । नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सचिव हुन् । पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई अहिले पोखरा महानगरपालिका–१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार थिए । उनलाई शुक्रबार काठमाडौँको दक्षिणकालीबाट पक्राउ …

पुरा पढ्नुहॊस »

‘टिआरसी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । आइतबार बसेको सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकमाथि …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा सञ्चिति २० खर्ब नाघ्यो, १३ महिनाको आयात धान्ने

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो …

पुरा पढ्नुहॊस »

शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश तीर्थराज केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो । बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया रहेको बताइन्छ । केसीको झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । झामाथि नक्कली भुटानी शरणार्थी …

पुरा पढ्नुहॊस »

परराष्ट्रमन्त्री डा. आरजु राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमण प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा भारत लागेकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds