स्वीट्जरल्यान्डका राजदूत र कानुनमन्त्री सोविता गौतमबिच भेटवार्ता

काठमाडौं । आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ ।  राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री