समाचार

छुटे नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा

काठमाडाैं । नेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्दा पक्राउ परेका पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए । २८ वर्षीय खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर …

पुरा पढ्नुहॊस »

बालेन र सुनितालाई ‘जोड्ने’ बाजुराका रावत पक्राउ

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् । उनलाई अस्ती सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । रावतउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको …

पुरा पढ्नुहॊस »

बझाङ पहिरोमा ज्‍यान गुमाउनेका परिवारलाई सरकारले ४ लाख राहत दिने

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् । गए राति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, …

पुरा पढ्नुहॊस »

परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्बजनिक गर्दै भारतमा स्वागत गरेका …

पुरा पढ्नुहॊस »

सहकारी प्रकरण : रवि लामिछानेसँग बयान लिने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यसअघि बोलाउने तयारी गरे पनि विभिन्न कारणले मिति सरेको समितिका एक सदस्यले जानकारी दिए । ‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ । त्यसका लािग अर्को व्यक्तिको बयान हुनेछ,’ उनले भने, ‘भदौ ७ गतेतिर उहाँलाई बोलाएर बयान लिनुपर्छ …

पुरा पढ्नुहॊस »

परराष्ट्रमन्त्रीले दिल्लीको चर्चित खान मार्केट पुगेर किनिन् पुस्तक

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले भारतको चार दिने औपचारिक भ्रमणमा छिन् । भ्रमणका क्रममा उनी आइतबार बेलुकी उनी दिल्लीको चर्चित बजार खान मार्केट समेत पुगेकी छिन् । परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीले जनाएका छन् । राणाकै आग्रह अनुसार दूतावासका अधिकारीहरुले पुस्तक पसलमा लगेका थिए । खान मार्केटस्थित चर्चित पुस्तक पसल ‘बाहरी सन्स’ पुगेर परराष्ट्रमन्त्री राणाले केही पुस्तक किनेकी छिन् । ‘बाहरी सन्स’ दिल्लीकै चर्चित …

पुरा पढ्नुहॊस »

ललितपुरको कुम्भेश्वरमा लागेको आगो निभाइयो

काठमाडौं । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वरमा रहेको एउटा घरमा आगलागी भएको छ । महानगरपालिका-१६ कुम्भेश्वरस्थित निर्माण शाक्यको दुईतले घरमा सोमबार बिहान आगलागी भएको हो । आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार आगो लागेको बेला घरमा कोही नभएको पाइएको छ । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ …

पुरा पढ्नुहॊस »

जनैपूर्णिमा : भद्राको दोष लाग्छ कि लाग्दैन ?

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान …

पुरा पढ्नुहॊस »

बझाङमा पहिरोले घरभित्र च्यापिएका ४ जनाको शव फेला

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान करिब सवा ७ बजे चारै जना …

पुरा पढ्नुहॊस »

जग्गा किनबेचको विवाद दिदीको हत्या

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । घटनास्थलमा बञ्चरो, दाउ र हँसिया फेला परेको छ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds