समाचार

एन्फा उपाध्यक्ष दावा लामा लागू औषध मुद्दामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको यो …

पुरा पढ्नुहॊस »

सल्यानमा पुलबाट बस खस्यो, उद्धार जारी

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बिहान करिब ११ बजेतिर बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनाका घाइतलाई अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए । बस …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री पुनले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्ष

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका हुन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेट गरेका छन् । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौंमा विश्व …

पुरा पढ्नुहॊस »

अर्को चुनाव नहुँदासम्म यही सरकार चल्छ : प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा तत्काल कुनै पनि खालको राजनीतिक अस्थिरता नहुने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दाहालले वर्तमान सरकारले पुरा समय काम गर्ने बताए । ‘अर्को चुनाव नहुँदासम्म सरकार चालिराख्छ, यसमा तपाईँहरूले तनाव लिइरहनु पर्ने आवश्यकता छैन’, उनले भने । दाहालले डेढ वर्षमा तीन पटक विश्वासको मत लिनु परे पनि देशको प्रधानमन्त्री आफू नै …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनको संकट तत्कालका लागि टर्‍यो

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसहितको वर्तमान सत्ता गठबन्धनमा देखिएको संकट तत्कालका लागि टरेको छ । पूर्व सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी (नेकपा एस)लाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएपछि गठबन्धनमा देखिएको संकट टरेको हो ।

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाहरुमा क्यान्सरको नि:शुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी नि:शुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ …

पुरा पढ्नुहॊस »

सविताले ६० लाखमा किनेको सुन नक्कली परेपछि…

काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो । गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका-२ की ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको प्रहरीले जनाएकाे छ । सिटौलाले सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी …

पुरा पढ्नुहॊस »

भगवान श्रीरामको पूजा आराधना गरी ‘राम नवमी’ मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् । काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा …

पुरा पढ्नुहॊस »

८२ शाखा अधिकृतको पदस्थापन, ३० गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत (सूची)

काठमाडौं । सरकारले नव नियुक्त ८१ शाखा अधिकृतको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८१ जना शाखा अधिकृतलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।

पुरा पढ्नुहॊस »

पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (बुधबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया …

पुरा पढ्नुहॊस »
This will auto close after