समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै, टिकटक प्रतिबन्ध हट्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज अपराह्न ५ बजे बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने सम्भावना छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ। प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए। टिकटकले …

पुरा पढ्नुहॊस »

लगातारको वर्षा जारी, यी क्षेत्रमा बाढी र डुबानको जोखिम

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा रहेको छ । पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

ब्राउन सुगरसहित पक्राउ परेका थुनुवा अस्पतालबाट फरार

काठमाडौं । इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको …

पुरा पढ्नुहॊस »

नागढुङ्गा नजिक पहिरो खस्नेक्रम जारी, सडक अझै अवरुद्ध

काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अबरुद्व रहेको छ । लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ । बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन …

पुरा पढ्नुहॊस »

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । प्रदेश तहको निर्वाचन ‘बहिष्कार’ गरेको रास्वपाले मिति घोषणा नहुँदै स्थानीय तहमा हुने उपचुनावका लागि भने तयारी थालेको हो । सो पार्टीका सभापति रवि लामिछानेले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए । निर्वाचनका लागि कुन ढंगले अगाडि …

पुरा पढ्नुहॊस »

भारतमा परराष्ट्रमन्त्रीले पाएको सम्मानको चर्चा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा छिन् । उनी ५ दिने भ्रमणका लागि भारत गएकी हुन् । भारतमा परराष्ट्रमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गरिरहेकी छन् । भारत भ्रमणका क्रममा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री डा. आरजुको भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । भारतले परराष्ट्रमन्त्री आरजुलाई दिएको सम्मान र महत्वलाई लिएर राजनीतिक वृत्तमा चियोचर्चा भइरहेको हो । …

पुरा पढ्नुहॊस »

फेरि उर्लियो बागमती, सुदूरको कैलाली डुबानमा

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौंको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बुधबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली …

पुरा पढ्नुहॊस »

पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले दोषी चिकित्सकलाई कारबाहीको माग गरेका हुन् । अस्पतालमा मंगलबार पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी एक महिलाको मृत्यु भएको हो । आफन्तहरूले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका-१२ मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया सम्झना काफ्लेको मृत्यु भएको थियो । लठ्याउने सुई लगाएपछि होस नआई राति ९ …

पुरा पढ्नुहॊस »

कुखुराको खोरमा कटुवा पेस्तोल, आङदेम्बे पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ का ईन्द्रबहादुर आङ्देम्बे रहेका छन् । घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिँदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो । प्रहरीले तिनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds