समाचार

फेरि उर्लियो बागमती, सुदूरको कैलाली डुबानमा

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौंको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बुधबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली …

पुरा पढ्नुहॊस »

पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले दोषी चिकित्सकलाई कारबाहीको माग गरेका हुन् । अस्पतालमा मंगलबार पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी एक महिलाको मृत्यु भएको हो । आफन्तहरूले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका-१२ मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया सम्झना काफ्लेको मृत्यु भएको थियो । लठ्याउने सुई लगाएपछि होस नआई राति ९ …

पुरा पढ्नुहॊस »

कुखुराको खोरमा कटुवा पेस्तोल, आङदेम्बे पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ का ईन्द्रबहादुर आङ्देम्बे रहेका छन् । घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिँदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो । प्रहरीले तिनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

पुरा पढ्नुहॊस »

गृहमन्त्रीलाई शिक्षामन्त्रीको माग- त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस्

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध …

पुरा पढ्नुहॊस »

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय …

पुरा पढ्नुहॊस »

देशभर रातिदेखि नै ठूलो वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदको विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । गत साउन ७ गते मुख्यमन्त्री नियुक्त आचार्यले मंगलबार प्रदेशसभाबाट दुई तिहाइ विश्वासको मत लिएका हुन् । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे । लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ । मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए । आचार्य तीन …

पुरा पढ्नुहॊस »

देउवालाई गिरि पत्नीको प्रश्न- कृष्ण मूर्तिको किताब खोइ ?

काठमाडौं । स्वर्गीय प्रदीप गिरि पत्नी भारती सिलवाल गिरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कृष्णमूर्तिको पुस्तक फिर्ता कहिले गर्ने प्रश्न गरेकी छिन् । स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसका श्रद्धेय नेता समाजवादी चिन्तक स्वः प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् । 

पुरा पढ्नुहॊस »

नेपालमा १० महिनापछि टिकटक खुल्दै, सर्त पालना गर्न तयार

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds