समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

स्वदेश फर्केपछि परराष्ट्रमन्त्रीले भनिन्- मोदीसँगको भेटवार्ता उपलब्धिमूलक

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् । बिहीवार परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर अपरान्ह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेकी हुन् । सो अवसरमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको दाबी गरिन् । उनले पाँच दिने भारत भ्रमणले नेपाल र …

पुरा पढ्नुहॊस »

सरकारले हटायो टिकटक प्रतिबन्ध

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

पुरा पढ्नुहॊस »

रवि लामिछाने र पूर्व डीआईजी जोशीलाई छानबिन समितिले बयानका लागि बोलायो

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिले शुक्रबार रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनका पूर्व सहकर्मीलाई बयानमा बोलाएको छ । लामिछानेलाई सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । उनलाई समितिले भोलि दिउँसो २ …

पुरा पढ्नुहॊस »

टिकटक खुलाउँदै सरकार, चिनियाँ राजदूतको प्रतिक्रिया- ‘टुडे इज अ गुड डे’

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध बिहीबारदेखि हटाउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले टिकटकमाथि झण्डै १० महिनादेखि लागिरहेको प्रतिबन्ध हटाउने तयारी रहेको हो । मन्त्रिपरिषद् बैठक अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ । यो बैठक नियमित हो । बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव …

पुरा पढ्नुहॊस »

दामोदरकुण्ड पुगेकी सांसद बिरामी

काठमाडौं । मुस्ताङस्थित दामोदरकुण्ड घुम्न पगेकी गण्डकी प्रदेशकी सांसद विमला गौचन बिरामी परेकी छिन् । गौचन बिरामी परेको सूचना आएपछि उद्धारका लागि सेनाको टोली पठाइएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी गौरबकुमार केसीका अनुसार सांसद गौचनलाई पैदल नै रेस्क्यू गरेर ल्याइँदैछ । उद्धार गर्न हेलिकप्टरबाट सम्भव नभएपछि सेनाको टोली पैदलै दामोदरकुण्ड जाँदै गरेको जानकारी केसीले दिए । मुस्ताङ ल्याएपछि उनको स्वास्थ्य अवस्थाअनुसार अगाडि बढ्ने केसीले बताए । मुस्ताङ अवलोकन …

पुरा पढ्नुहॊस »

बलम्बुमा भेटिएको शंकास्पद वस्तु ‘रित्तो कुकर’

काठमाडौं । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित भएका थिए …

पुरा पढ्नुहॊस »

गोठमा छिरेको बाघ भैंसीको प्रतिकारमा मर्‍यो

काठमाडौं । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

पुरा पढ्नुहॊस »

अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । उनको पार्थिव शरिरलाई बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् । बिरामी भएपछि उनलाई उपचारका लागि विपिनले फिल्म ‘महाजात्रा’ रिलिजको समयमा …

पुरा पढ्नुहॊस »

संसद्‌मा उत्तर दिँदै प्रधानमन्त्री ओली (कार्य सूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । संसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds