काठमाडौं । बुधबार इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । परराष्ट्र मन्त्रालयले उनी रिहा गरेको जनाएको छ । झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।
दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।
तपाईंको प्रतिकृया




