काठमाडौं । प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्ने अख्तियारी पाएको एमाले–माओवादी संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा छलफल गर्न कार्यदलको पहिलो बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । एमाले नेता तथा कार्यदलका एक सदस्य सुवास नेम्वाङले पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारीलगायत विषयमा छलफल गर्न शुक्रबार बिहान बैठक बोलाइएको जानकारी दिए । माघ २४ गते हुने राष्ट्रियसभा …
पुरा पढ्नुहॊस »जाजरकोटमा भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३
जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ। त्यस्तै गरी, जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।उनीहरुलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनीहरुको ज्यान गएको …
पुरा पढ्नुहॊस »आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै
काठमाडौं । आज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको …
पुरा पढ्नुहॊस »अस्थायी ‘टिचिङ लाइसेन्स’ लिएकालाई फागुन मसान्तसम्म मौका
काठमाडौं । स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) पाएका शिक्षकहरुलाई एमएड, वीएड वा १० महिने तालिम लिएको प्रमाण पेश गर्न सरकारले पुनः दुई महिनाको समय दिएको छ । शिक्षक सेवा आयोगले प्रमाणपत्रहरु पेश गर्न फागुन मसान्तभित्रको समय दिएको हो । यसअघि ०६८ चैत १५ गते लिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाहरुलाई अस्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिएको थियो । तिनीहरुलाई ०७३ भाद्र मसान्तभित्र एमएड, वीएड वा १० महिने तालिम …
पुरा पढ्नुहॊस »दाउन्नेमा एकआपसमा सवारी साधन ठोकिदा एकको मृत्यु ,सात घाइते
नवलपरासी । त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्र्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार सातजना घाइते भएका हुन् । दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास …
पुरा पढ्नुहॊस »गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा
काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, …
पुरा पढ्नुहॊस »प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छन्। वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी हुन ।
पुरा पढ्नुहॊस »बसको ठक्करबाट एकको मृत्यु
काठमाडौं । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको हो ।ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।
पुरा पढ्नुहॊस »एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा
काठमाडौं । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्। दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले संगठनको …
पुरा पढ्नुहॊस »मनाङको तापक्रम माइनस १६ डिग्री
मनाङ । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका …
पुरा पढ्नुहॊस »