सप्तरीमा हात, खुट्टा र टाउको काटिएको शव फेला

 सप्तरी । सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

हनुमाननगर-कंकालनी नगरपालिका ५ स्थित १ नम्बर योगिनियाँस्थित कोशी नदी छेउमा महिलाको शव फेला परेको हो । हात, खुट्टा तथा टाउको काटिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

महिलाको दुबै हात काटेर उत्तरतर्फ, खुट्टा काटेर दक्षिणतर्फ र शरीर र टाउको काटेर पूर्वतर्फ छुट्टाछुट्टै ठाउँमा फ्याँकिएको छ । टाउको र शरीर गलिसकेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

फेला परेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए । शव कसको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस